Saturday, 28 November 2020

अनुत्तरित प्रश्नहरु

 

अथक परिश्रम  संघर्ष गर्दा गर्दै

बचेरालाई  ढुक्कै सुरक्षित पार्दा पार्दै 

मिहिनेतको पसिनाले पटुका भिजाउदै 

मुस्काउॅंदै शान्त सफा आकाशमा 

ताराहरुलाई  अझ झिलमिलाउन ढाढस् दिन 

 गयो 


अनि  सोधिरहे आफैंलाई 

किन गयौ यति छिट्टै ?

तीन चार दिन अघिको त्यो चहकिलो मुहारले 

किन झुक्कयायौ ? 

कति प्रश्नहरु अनुत्तरित छोडेर 

कैयन् जिज्ञासाका जाली बुनेर 

गयौ  बेखबर कि गयौ ? 


तिमी तयार भएर बस 

एक  एक दिन भेटेर माग्छु सबैका उत्तर -


काखमा सुताएर गाउॅंखाने कथा सोध्यौ किन ?

शहर घुमाउन लगेका बेला गोजीभरि ड्राई फ्रुट्स किनिदियौ किन ? 

भोज भत्तेर पार्टीमा यो मेरो नाती भनेर सबैलाई चिनायौ किन ? 

हरपलका अफ्ठ्यारा  असमंझस् पार गर्ने दीक्षा दिलायौ किन ?  

सबैलाई आसपास राखेर मलाई मात्र छुटाएर गयौ किन ? 

Wednesday, 12 April 2017

नव वर्ष

बाजा बजाएर आयो फेरि नववर्ष 
भन्छन सबै शुभकामना दिनै पर्छ
हज्जारौं कोस टाढा अमिलो देशमा

कहिल्यै खुसी लाग्छ लाग्छ हर्ष। 

Wednesday, 29 March 2017

मुक्तक

मझेरीमा पिठो छरेझैं सेतै पाखा बारी
दुख्दैछन् घुंडा अनि चिसा छन् नारी
घाम त लाग्छ लाग्छ न्यानो हुन्छ एक दिन
जब आउछौ तिमी सम्हाल्न मेरो घरवारी ।

Tuesday, 13 December 2016

लाल पानी

कटायौ रात लाल पानी पिएर
सकियो है साबुनमा पानी खिएर

बाचा बन्धन त सबै  फुस्रा आश्वासन
पंछायौ घुच्चुकमा लात हानि दिएर  

सक्थेउ त मन बुझाएर बस्नलाई
एक  मुठीमा तातो खरानी लिएर

असफलता त जीवनका पथ हुन
के फाइदा भिजेको सिरानी सिएर

बनेर हेर  कतै  फकीरकी छोरी
अन्धो भा'छौ सँगै  रानी उभिएर

                                        

'you-lovers'

Did the circumstances forced it?
Was the poverty compelling it?
Did your people yelled to leave?
Yes! It was you who chose it.

Became a Roman in no time
Forgot the past just like that
Guts were alcoholic now and then
You had no pain nothing to gain

A sweet dream is non-existent
Flies like an arrow swiftly
Desiring the same moment back
Only offers you frequent heartache

Now, try finding the sun hiding
Clear out the cloud covers
Do what's your right feeling
Awaiting are millions 'You-Lovers'.